३१ आश्विन २०८३, शनिबार

पूर्वमन्त्री घिमिरेका भाईको शव भेटियो

7.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madhav-ghimire-accident-at-trishuli

चितवन, २२ असोज । यही असोज ९ गते त्रिशूली नदीमा पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेसहित बेपत्ता हुनुभएका उहाँका भाइ मोहन घिमिरेको शव आज फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार तनहुँ जिल्लाको देवघाट गाविस–४ बगईस्थित त्रिशूली नदीमा उहाँको शव भेटिएको हो ।

काठमाडौँ महानगरपालिका, वडा नं १६ वनस्थली घर भएका घिमिरेको शव माझीले देखेपछि जिप्रका चितवनका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरसहितको टोली घटनास्थल पुगेको थियो ।

पर्समा रहेको परिचयपत्र र एटिएम कार्डबाट शवको पहिचान भएको प्रहरीले जनाएको छ । शव भरतपुरको शवगृहमा ल्याउने काम भइरहेको छ । उहाँका अर्का भाइ बेपत्ता हुनुहुन्छ । उहाँहरुको खोजीकार्य जारी छ ।

सो दुर्घटनामा परी उहाँकी आमासहित तीनजनाको घटनास्थलमै मृत्यु भएको थियो भने चालकको काठमाडौँमा उपचार भइरहेको छ । रासस