काठमाडौं, २२ असोज । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले गोलको वर्षा गरेपछि विश्वकप छनोट खेलमा एन्डोरालाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै युरोपियन च्याम्पियन पोर्चुगल विजयी भएको छ ।
साथै विश्वकप छनोट फुटबलअन्तर्गत् हिजो राति भएका खेलमा फ्रान्स, नेदरल्यान्ड्स र बेल्जियम पनि विजयी भएका छन् ।
शुक्रबार राति भएका समूह ‘ए’को खेलमा फ्रान्सले बुल्गेरियालाई ४–१ ले हराउँदा नेदरल्यान्ड्सले बेलारुसलाई पनि ४–१ ले नै पराजित गर्यो । यही समूहको अर्को खेलमा स्वीडेनले लक्जेम्बर्गलाई १–० ले हरायो ।
यस्तै, समूह ‘बी’को खेलमा युरोपियन च्याम्पियन पोर्चुगलले एन्डोरालाई ६–० ले हरायो । आफ्नै राष्ट्रमा भएको खेलमा पोर्चुगलका लागि रोनाल्डोले चार गोल गर्दा आन्द्रे सिल्भा र हुँवा कान्सेलोले एक–एक गोल थपे ।
यही समूहका अरु खेलहरुमा स्वीट्जरल्यान्डले हंगेरीलाई ३–२ ले तथा फारो आइल्यान्डले लात्भियालाई २–० ले हराएका छन् ।
यसैगरी, समूह ‘एच’को खेलमा बेल्जियमले बोस्निया हर्जगोभिनालाई ४–० ले हराउँदा इस्टोनियाले जिब्रल्टारलाई पनि ४–० ले नै हराएको छ ।
यसैगरी, ग्रीसले साइप्रसलाई २–० ले पराजित गरेको छ ।
















प्रतिक्रिया