काठमाडौं, २१ असोज । प्रधान सेनापति राजेन्द्र क्षत्रीले पाकिस्तानको लाहोरमा आगामी कार्तिक २ गतेबाट ७ सम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय फिजिकल एजिलिटी एण्ड क्याम्बेट इफिसियनसी सिस्टममा सहभागी हुन जान लागेका नेपाली सेनाका तर्पmबाट अधिकृतको नेतृत्वमा २५ सदस्यको टोलीलाई विदाई गरेका छन् ।
जङ्गीअड्डामा आयोजित विदाई कार्यक्रममा प्रधान सेनापति क्षत्रीले शुभ–कामना मन्तव्य दिँदै पहिलो पटक हुन लागेको यस प्रतियोगितामा नेपाल र नेपाली सेनाको तर्फबाट प्रतिनिधित्व गर्न जान लागेकोमा सहभागीहरुलाई बधाई तथा सफलताको कामना गरेका थिए ।
सो प्रतियोगितामा विभिन्न १६ राष्ट्रहरुको सहभागिता रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । उक्त विदाई कार्यक्रममा नेपाली सेनाका रथीहरुको समेत उपस्थित रहेको थियो ।
















प्रतिक्रिया