काठमाडौं, २१ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्व प्रहरी महानिरीक्षक श्यामभक्त थापालाई यस वर्षको लाईफटाईम अचिभमेन्ट अवार्ड प्रदान गरेका छन् ।
नेपाल पुलिस क्लव भृकुटीमण्डपमा नेपाल प्रहरीद्वारा बिहिबार साँझ आयोजित प्रहरी दिवस विशेष साँस्कृतिक कार्यक्रममा प्रधानमन्त्रीले थापालाई लाईफटाईम अचिभमेन्ट अवार्ड र पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक कमलसिंह बमलाई यस वर्षको पुलिस व्याटन पुरस्कार प्रदान गरेका हुन् ।
लाईफटाईम अचिभमेन्ट अवार्डका लागि यसअघि पूर्व आईजीपी अच्युतकृष्ण खरेल छनोट भएपनि उनले ‘प्रहरी मार्नेलाई उन्मुक्ति दिन खोजेको भन्दै अवार्ड बहिष्कार गरेका थिए । खरेलले बहिष्कार गरेपछि थापालाई छनोट गरिएको उनले अवार्ड छापेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
यो पनि पढ्नुस्ः












प्रतिक्रिया