३१ आश्विन २०८३, शनिबार

पूर्व आइजिपी खरेलद्धारा ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बहिस्कार

52.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

achyutkrishna-kharel-1काठमाडौं, २० असोज । नेपाल प्रहरीका पूर्व महानिरीक्षक अच्युतकृष्ण खरेलले आफूलाई दिईन लागेको ‘लाइफ टाइम अचिभमेन्ट अर्वाड’ बहिस्कार गरेका छन् ।

टीकापुर घटनाका दोषीलाई सरकारले उन्मुक्ति दिन लागेको भन्दै आफूलाई प्रदान हुने उक्त अवार्ड बहिस्कार गरेको खरेलले बताए ।

वर्तमान सरकारले प्रहरी मार्नेहरुको मुद्दा फिर्ता लिन लागेको भन्दै उनले भने– ‘प्रहरीको मुल्यांकन र बलिदानीको प्रशंसा गर्दै यो अवार्ड मलाई दिईन लागेको हो । तर प्रहरीहरुले गरेको बलिदानको कदर हुँदैन र अभियुक्तलाई उन्मुक्ति दिइन्छ भने मैले कसरी स्वीकार्नु ?

आफूले यो अवार्ड लिए जनताको प्रहरीप्रतिको दृष्टिकोण नै नकारात्मक हुने र आफ्नो मानसिकताले स्वीकार गर्न नमानेकाले आफुले अवार्ड बहिस्कार गरेको उनले प्रष्ट पारे ।