१२ कार्तिक २०८३, बिहिबार

भारतले राख्यो नयाँ शर्त, नेपाली जनताले भोग्नु पर्ने भयो त्यसको असर

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sub Station Bijuliकाठमाडौं, १८ असोज । भारतबाट १५० भेगावाट बिजुली आयात गर्ने सम्बन्धमा भएका सम्झौता अलपत्र परेको छ ।

सम्झौताको प्रारम्भिक कार्यान्वयन नहुँदै भारतीय पक्षले मूल्य बढाउने प्रस्ताव गरेपछि नेपाली पक्ष अन्योलमा परेको हो । कारोबार दैनिकले समाचार छापेको छ ।

सन् २०१५ अप्रिलदेखि २५ वर्षका लागि सन् २०११ मा भएको सम्झौता नेपाल र भारत दुवै मुलुकको कमजोरीले अलपत्र परेको छ ।

नेपालले २२० केभीको प्रसारण लाइन निर्माण गरेर चार्ज गरेपछि तथा विद्युत दिने भारतले सर्त राखेको छ ।

एथेना प्लान्ट निर्माण सम्पन्न भएपछि आयात गर्ने सम्झौता भएको थियो ।

तर समयमै निर्माण नभएपछि अब के गर्ने भन्नेमा दुवै पक्ष अन्योलमा छन् ।

नेपाल विद्युत प्राधिकरणले डिसेम्बरभित्र २२० केभीको प्रशारण लाइन चार्ज गर्ने लक्ष्य राखेको छ भने एथेनाको समेत८५ प्रतिशत निर्माण कार्य पुरा भइसकेको छ ।

प्राधिकरणका उपकार्यकारी निर्देशक राजिव शर्माले समयमै प्रशारण लाइन चार्ज र एथेना प्लान्ट निर्माण नभएकाले सम्जौता कार्यान्वयनमा नआएको बताए ।