३१ आश्विन २०८३, शनिबार

चेल्सीसँग सिटी २–० ले पराजित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chelsea-vs-sunderlandलन्डन, १६ असोज । चेल्सीले इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा हल सिटीलाई २–० ले हराएको छ ।

चेल्सीको जितमा विलियन र डिएगो कोस्टाले एक एक गोल गरेका थिए ।

पहिलो हाफमा गोल रहित बराबरी खेलेको चेल्सीले खेलको ६१ औं मिनेटमा विलियनले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । त्यसको ६ मिनेटपछि कोस्टाले सुन्दर गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे ।

६ मिनेट भित्रमा भएको दुई गोल नै चेल्सीको जितमा निर्णायक बन्यो ।

जितपछि सात खेलबाट १३ अंक बटुलेको चेल्सी छैटौं स्थानमा उक्लिएको छ ।

सात खेलबाट सात अंक नै जोडेको हल सिटी तालिकाको १५ औं स्थानमा छ । – एजेन्सी