१ मंसिर २०८३, मंगलबार

सिटौलाको पत्रकार सम्मेलनमा गगनले गरे ओलीको प्रशंसा, देउवाको आलोचना

20.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

krishna-sitaula-gagan-thapa

काठमाडौं, १४ असोज । स्वास्थ्यमन्त्री एवं नेपाली कांग्रेसका युवा नेता गगन थापाले संविधान कार्यान्वयन गर्न सरकार गम्भीर ढंगले लागेको बताएका छन् ।

शुक्रबार राजधानीमा आयोजित कृष्ण सिटौला समूहको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री थापाले संविधान कार्यान्वयन र पछिल्ला समस्याबारे एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लामो छलफल गरेको जानकारी दिए ।

स्वास्थ्यमन्त्री थापाले भने- ‘संविधान कार्यान्वयन लगायत राष्ट्रका समस्या समाधान गर्न हामी गम्भीर ढंगले लागेका छौं । यसक्रममा मैले प्रमुख प्रतिपक्षी एवं पूर्वप्रधानमन्त्री केपी ओलीसँग पनि लामो छलफल गरे । उहाँ समस्या समाधान गर्न गम्भीर रहेको पाए ।’

एमाले अध्यक्ष ओली संविधान कार्यान्वयन गरी मुलुकका समस्या समाधान गर्न निकै गम्भीर रहेको भन्दै मन्त्री थापाले अगाडि थपे- ‘उहाँ मुलुकप्रति अति चिन्तित हुनुहुन्छ । उहाँमा त्यस्तो दृष्टिकोण पनि छ ।’

गगनले सिटौलालगायत आफूहरु समस्या समाधाानका लागि राष्ट्रिय सहमति कायम गर्न लागिपरेको र त्यसमा सफल हुने बिश्वास समेत राखे । त्यसका लागि एमाले अध्यक्ष ओली तयार रहेको समेत उनले बताए ।

देउवाको आलोचना

पत्रकार सम्मेलनमा सभापति शेरबहादुर देउवातर्फ संकेत गर्दै मन्त्री थापाले आफ्नै पार्टीको आलोचना गरे । र कांग्रेसले आन्दोलनका उपलब्धिहरु कहिल्यै संस्थागत गर्न नसकेको बताए ।

उनले भने- ‘नेपाली कांग्रेसको सदस्य भएर मञ्चहरुमा हाम्रा नेताले पहिल्यैदेखि भन्ने गरेको सुन्दै आएको छु । ००७ सालको आन्दोलनको नेतृत्व हामीले गर्यौं, ०४६ सालको आज्न्दोलनको नेतृत्व हामीले गर्यौं, ०६२–०६३ को आन्दोलनको नेतृत्व पनि हामीले गर्यौं । हामी जहाँ पनि यो बोल्छौं । सबैले थपडी पनि बजाउछन् । तर, यतिचोटि आन्दोलनको नेतृत्व गर्ने कांग्रेसले आन्दोलनका उपलब्धि कहिल्यै पनि जोगाउन सकेन ।’