३१ आश्विन २०८३, शनिबार

गुजरात जाने कराँते खेलाडीको विदाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

karate-bhairahawa-1

भैरहवा, १३ असोज । भारतको गुजरातमा हुन गईरहेको रुरल गेम ईन्टरनेश्नल करांते च्याम्पियनसिपमा नेपालको तर्फबाट सहभागिता जनाउने करांते खेलाडीहरुलाई वेलहिया नाकामा शुभकामना सहित विदाई गरिएको छ ।

प्रतियोगितामा नेपालको तर्फबाट जापान गोजुरियो करांते डो मिसनका संघका २० जना खेलाडिहरुले विभिन्न उमेर तौलमा प्रतिप्रर्धा गर्नेछन् । यस्तै खेलाडिसंगै संघका संस्थापक अध्यक्ष एवम् प्रमुख प्रशिक्षक के.वि राना(काजी), टीम संयोजक भिमसेन थापा,क्याप्टेन पुरन बहादुर गुरुङ्गलाई समेत विदाई गरिएको छ ।

अक्टोबर २ र ३ मा भारतको गुजरातमा स्थित बडोदराको सारा स्टेडियममा सम्पन्न हुने उक्त प्रतियोगितामा सहभागिता जनाउने नेपालका बीस जना खेलाडिलाई रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले शुभकामना सहित नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरेर विदाई गर्नु भयो ।

karate-bhairahawa

प्रतियोगितामा नेपाललाई प्रथम स्थानमा पुरयाउन र अन्तराष्ट्रिय स्तरमा नेपालको झण्डा फरफराउन अनुरोध गर्दै उत्कृष्ट हुने खेलाडिलाई पुरस्कृत समेत गर्ने घोषणा गर्नुभयो ।

नेपाल भारत मैत्री समाजको आयोजनामा सम्पन्न भएको खेलाडिलाई शुभकामना तथा विदाई कार्यक्रममा नेपाल करांते महासंघका पश्चिमाञ्चल अध्यक्ष एवम् संघका प्रमुख सल्लाहकार भरत बहादुर केसी, अध्यागमन कार्यालय रुपन्देहीका प्रमुख आनन्द पौडेल, ईन्टरमोडल प्रमुख रवि पारिख लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

आयोजक संस्था नेपाल भारत मैत्री समाजका अध्यक्ष एवम् सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्क्ष डा. शान्त कुमार शर्माको अध्यक्षता, संघका जिल्ला अध्यक्ष उमेश थापा मगरको स्वागत तथा संचारकर्मी सम्झना शर्माको संचालनमा सम्पन्न भएको कार्यक्रममा संघका पदाधिकारी, सुरक्षा निकायका प्रमुख, विद्यालयका प्रिन्सिपल लगायतको उपस्थिति रहेको थियो ।