३१ आश्विन २०८३, शनिबार

चीनबाट नेपालमा नयाँ राजदूत आउँदै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

yu-hong

काठमाडौं, ११ असोज । चीनले नेपालका लागि नयाँ राजदूतमा यू होङलाई पठाउने तयारी गरेको छ ।

हालका राजदूत उ चुन्ताईको नोभेम्बर महिनामा कार्यकाल सकिनेभएपछि चीनले नयाँ राजदूतमा महिलालाई पठाउन लागेको हो ।

बेइजिङस्थित नेपाली दूतावास स्रोतका अनुसार एसिया मामिलामा दख्खल राख्ने ५१ वर्षीया चिनियाँ वरिष्ठ कूटनीतिज्ञ यू होङ हाल इन्डोनेसियाको सुराबयास्थित चिनियाँ महावाणिज्यदूत छिन् ।

चीनले प्रस्तावित नयाँ राजदूतबारे नेपाल सरकारलाई जानकारी गराइसकेको छ ।