गुल्मी, ७ असोज । गुल्मीमा केहिदिन अघि आमाको हत्य गरि फरार रहेका छोरा पक्राउ गरेका छन् ।
गुल्मीको द्रिबुङ्ग गाविसमा आफ्नी वृद्ध आमाको हत्या गरेर फरार बनेका छोरालाई प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा द्रिबुङ्ग गाविस २ दह निवासी ४१ वर्षीय विर बहादुर काउँछा रहेका छन् ।
काउँछाले गत वुधवार राती आफ्नै घरमा सुतिरहेकी ७१ वर्षीय आमा मोती काउँछालाई कोदालो प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिनु भएको छ ।
आमाको हत्यागरि फरार बनेका काउँछालाई स्थानीयको गोठमा लुकेर वसेको अवस्थामा ईलाका प्रहरी कार्यालय शान्तिपूरको प्रहरी टोलीले पक्राउ गरेका छन् । हत्या अभियोगमा पक्राउ परेका काउँछालाई शुक्रवार बिहान जिल्ला प्रहरी कार्यालय गुल्मीमा ल्याई थप अनुसन्धान गरिरहेको नेपालले जानकारी दिनुभयो छ ।
दैनिक मदिरा सेवन गर्ने वानी भएका काउछाले के कारणले आफ्नी आमाको हत्या गरेका हुन भन्ने बारेमा थप अनुसन्धान भैरहेको प्रहरी नायव उपरिक्षक नेपालले जानकारी दिनुभयो ।













प्रतिक्रिया