१९ कार्तिक २०८३, बिहिबार

कुरा नमिलेपछि रामेछापमा स्थानीयतहको पुनर्संरचनाको अधिकार प्राविधिक समितिलाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– नवराज श्रेष्ठ

रामेछाप, ७ असोज । रामेछापका राजनीतिक दलहरूवीच स्थानीय तह पुनर्संरचना गर्ने बारेमा कुरा नमिलेपछि त्यसको निणर्य गर्ने अधिकार स्थानीय तह पुनर्संरचना प्रविधिक सहयोग समितिले पाएको छ ।

बिहीबार निर्णायक तहमा पुगाउने अपेक्षा सहित बसेको सर्वदलीय बैठकमा सहभागी राजनीतिकदलहरुबाट एउटै खाका आउन नसकेपछि बैठकले त्यसको जिम्मा सहयोग समितिलाई दिएको हो ।

प्राविधि समितिका संयोजक एवं स्थानीय विकास अधिकारी दिनेशराज पन्तको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा स्थानीयतह पुनर्संरचनाको सवालमा एकमत हुन नसकेपछि त्यसको निर्णय गर्ने पूर्ण जिम्वेवारी जिल्ला प्राविधिक समितिलाई दिएको एमाले रामेछापका जिल्ला अध्यक्ष शान्तिप्रसाद पौडेलले बताउनुभयो ।