रुकुम, ६ असोज । मलाई मेरो देशले के नै दिन सक्छ भन्ने मान्छेहरु यहाँ धेरै भेटिन्छन् तर मैले देशलाई के दिन सक्छु भन्ने भावना भएकाहरु कमै मात्र भेटिन्छन् । देश प्रति अथाह मायाँ भएकाहरुले साँच्चिकै देशका लागि आफ्नो सारा जीवन समर्पित गरेका पनि हुन्छन् ।
मेरो देशमा जिन्दगी स्वार्थमा लडाउनेहरुका लागि मात्र छ, लड्नेहरुका लागि छैन । देशमा थुप्रै आन्दोलन र परिवर्तनका नयाँ दिनहरु पनि आए तर देशको आमूल परिवर्तनमा होमिएर खटिनेहरुका लागि सौभाग्यशाली दिन कहिल्यै आएनन् । बरु घाईते र अपाङ्ग भई जिन्दगीभरी अरुकै आश, भरोसा र सहारामा जिउन बाध्य छन् कोही त्यस्ता महान जिउँदा शहिदहरु ।
यीनै जिउँदा शहिद मध्येका एउटा त्यस्तो दुःखी र बेसहारा व्यक्ति हुन् तारा बहादुर खड्का । वि.सं. २०२२ सालमा मु. न. पा. ५ सोलाबाङ्ग रुकुममा जन्मिुनभएका यी खड्काको जिन्दगी अहिले पनि बेसहरा अवस्थामा जिउन बाध्य भईरहेको छ । २०४६ साल चैत्र २४ गतेकोे प्रजातान्त्रिक आन्दोलनमा दायाँ खुट्टा गुमाएर कृत्रिम खुट्टाको सहारामा अहिले यीनै खड्का देशका थुप्रै ठाउँमा सहयोगको खोजीमा हिंडिरहेका छन् ।
आन्दोलनको क्रममा घाईते भई बाग्मती नदीमा फ्याँकिएका खड्का दुई दिन पछि मात्र आफु होसमा आएको बताउँछन् । त्यतिमात्र नभई ४६ सालको जन आनदोलनका क्रममा प्रहरी हिरासतमा रहंदा प्रहरीले उन्को जिब्रो समेत काटिदिएको थियो । जिब्रो काटिएपछि उनी अमेरिका पुगेरे जिब्रोको सर्जरी गरी थोरै रुपमा बोल्न सक्ने त एका थिए, तर त्यति स्पष्ट रुपमा उन्को बोली बुझिदैन ।
खड्काले भन्छन् सरकारले आफूलाई त्यतिबेला सहयोग नगरेको होईन, गरेकै हो तर पनि आफूले सोचे जस्तो उपचार र सहयोग भएन । सरकारले उपलब्ध गराएको रकम र आफू संग भएको सबै पैसाले अमेरीका उपचार गराउँदा पनि जिन्दगी आखिर अपाङ्ग नै भयो, एक्लो भयो उनको दुखेसो छ ।
४६ सालको जन आन्दोलन ताका उनी काठमाडौंको आर. आर. क्यामपसमा स्नातक तहमा अध्ययनरत थिए । त्यतीबेलाको आन्दोलनको समयमा घाईते भएपनि उनी २०६२–६३ को दोस्रो जन आन्दोलनमा पनि सहभागी हुंदा गोलीको छर्राले थप घाईते भएका थिए । ४६ साल र २०६२–६३ को आन्दोलनमा सहभागी यी खड्कालाई सरकारले कुनैपनि घाईते अपाङ्गको प्रमाण खुल्ने परिचय पत्रको व्यवस्था अहिले सम्म नगरेको उन्ले बताए ।
कृत्रिम खुट्टाको सहरामा सहयोग माग्दै हाल रुकुम आई पुगेका यीनै जिउँदा घाईते शहिद खड्काको साथमा एउटा पुरानो झोला मात्र छ । झोलामा उन्का बारेमा विभिन्न जिल्लामा छापिएका समााचारका अर्धकट्ीहरु छन् । सहयोग माग्दै नेपालको बाँकी हुम्ला, कालिकोट, सिन्धुपाल्चोक र धनकुटा जिल्लामा उनी नपुगेको बताउँछन् । अब लगत्तै रुकुमबाट पर्बत जिल्लामा जाने उन्को योजना तय भएको छ ।
आन्दोलनमा घाईते यी खड्काको साथमा अहिले कोही छैन । आफन्त समेत टाढा भएपछि उनीले आफ्नो स्वर्गीय श्रीमतीलाई पनि सम्झिए । तर श्रीमतीको उतीबेला नै मृत्यु भएपछि झन् जीवन काट्न मुश्किल परेको उन्को भनाई छ । त्यति मात्र नभई उन्को एक मात्र ९ बर्षका छोरा पनि थिए, तर ती छोरा पनि आफू आन्दोलनका क्रममा जेल जाँदा त्यहीे छोरा पनि २०५२ सालमा हराएको उनले बताए ।
अब उन्को एउटा मात्र सपना छ त्यो हो व्यापार गर्ने । तर व्यापार गर्नलाई पनि आर्थिक सहयोगका लागि सरकारले नै सहयोग गर्नुपर्ने बताउँछन् । यदि तत्काल सरकारले आफूलाई ५–६ लाख रुपैंयाको व्यवस्था गर्न पनि आग्रह गरेका छन् ।
जन आन्दोलनमा घाईते भएका तारा बहादुर खड्का त एक जिउँदा सहिदका एक उदाहरणिय पात्र मात्र हुन् । खड्का जस्तै नेपालमा धेरै व्यक्तिहरु घाईते अपाङ्ग भएर पीर र व्यथा सहंदै बाँचिरहेका छन् । तरपनि यी महान व्यक्तित्वहरुको सहि मूल्यांकलन राज्यले गर्न नसक्नु दःखको कुरा हो । तसर्थ यीनै खड्का जस्ता जिउँदा सहिदहरुको सम्मान र सहयोगमा तत्काल राज्यले गर्न सक्ने जिम्मा र ग्यारेण्टी भने लिन आवश्य छ ।













प्रतिक्रिया