१९ कार्तिक २०८३, बिहिबार

नोबेल पुरस्कार विजेताले चढे चन्द्रागिरि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nobel-chandragiri

काठमाडौं, ६ असोज । लोवा स्टेट युनिभर्सिटी मटरियल साइन्सका प्राध्यापक एवं सन् २०११ मा रसायन शास्त्रको नोवेल पुरस्कार विजेता इजरायली वैज्ञानिक डान सेक्चमेन आफ्नो समूहसहित काठमाडौंको चन्द्रागिरिमा निर्माण भएको केबुलकारको अवलोकन भ्रमण गर्नुभएको छ ।

चन्द्रागिरि हिल्स लिमिटेडका बोर्ड डाइरेक्टर एवं आईएमई समूहका प्रवन्ध निर्देशक हेमराज ढकालले उहाँलाई चन्द्रागिरि हिल्स लिमिटेडस्थित स्वागत कक्षमा स्वागत गर्नुभएको थियो ।

nobel-chandragiri-1

१३ औं अन्तर्राष्टिय क्वाजिक्रिस्टल सम्मेलनमा भाग लिन आएका सेक्चमेनले चन्द्रागिरि परियोजना नेपालको पर्यटन विकासमा महत्वपूर्ण हुने भन्दै परियोजना सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

निर्देशक ढकालले भालेश्वर महादेव मन्दिरको चित्र सहित मायाको चिनो प्रदान गर्नुभएको थियो ।