१९ कार्तिक २०८३, बिहिबार

जापानमा युवा संघका अध्यक्षले भने- विदेशी सीप स्वदेशमा उपयोग गरि मुलुकलाई समृद्ध बनाउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rajib-pahari

टोकियो, ६ असोज । युवा संघ नेपालका केन्द्रिय अध्यक्ष राजिब पहारीले विदेशमा बसेर युवाहरुले आर्जन गरेको सीप र दक्षता स्वदेशमा उपयोग गरि मुलुकलाई समृद्ध बनाउनुपर्ने बताउनु भएको छ ।

जापानको राजधानी टोकियोबाट करिब ४ सय किलोमिटर टाढा रहेको टोयोटा सहरमा नेकपा एमाले स्थानीय समन्वय कमिटीद्वारा आयोजित कार्यक्रममा बोल्दै उहाँले जापानको बिकास मोडलबाट नेपालले सिक्न ढिला भैसकेको बताउनुभयो ।

त्यस्तै उहाँले आफूहरु युवाहरुलाई स्वदेश मै राम्रो आयआर्जन गर्ने बाटो निर्माण गर्न लागिरहेको र अबको पाँच वर्षमा बिदेसिन बाध्य युवालाई देशमै अवसर सबैले मिलेर सृजना गर्नुपर्ने बताउनुभयो ।

अघिल्लो सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक समृद्धिको लागि तय गरेको रोडम्यापमा सम्पूर्ण राजनीतिक दल अगाडी बढ्नुपर्ने उहाँले बताउनुभयो ।

त्यस्तै एक फरक प्रसङ्गमा उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले युवा संघ नेपालले दिएको निबेदन उपर माओबादी लडाकु शिविरमा भएको भ्रष्टाचार उपर कारबाही प्रक्रिया अगाडी बढाएकोमा अब यसलाई प्रचारबाजी गर्नुभन्दा पनि निस्पक्ष छानबिन गरि दोषीलाई तत्काल कानूनी दायरामा ल्याउनुपर्ने समेत बताउनुभयो ।

उहाँले कानूनी राज्यलाई समाप्त गर्न चाहने तत्वहरु जनताको असली सेवक बन्न नसक्ने समेत बताउनुभयो । अख्तियारले सुरु गरेको अभियान सार्थक नभए आफूहरु न्यायको लागि अन्य निकायमा समेत जान बाध्य हुने अध्यक्ष पहारीले चेतावनी दिनुभयो ।

दुइ हप्ते जापान भ्रमणमा निस्कनु भएका एमाले युवा नेता पहारी जापानमा आयोजित विभिन्न पार्टी कार्यक्रमहरुमा सहभागी हुने तालिका छ । जापानमा रहँदा उहाँले जापानी राजनीतिक दलका युवा नेताहरुसंग दिगो नेपालको बिकास र नेपाल जापान सम्बन्धका बिषयमा द्विपक्षीय भेटघाट समेत गर्नुहुने प्रवासी नेपाली मञ्च जापानले जनाएको छ ।