शब्द–तस्विर : डिलबहादुर सिंह/डोटी
फोटो नं. १ (खप्तडको त्रिवेणी मंदिर)
सुदूरपश्चिमको ऐतिहासिक धार्मिक र पर्यटकिय क्षेत्र खप्तडलाई भु–स्वर्गका रुपमा समेत लिईने गरिन्छ । खप्तडलाई भु–स्वर्गका रुपमा लिईनुमा यस क्षेत्रको सुन्दर भौगोलिक बनावट, रंगी बिरंगी फुलहरु धार्मिक महत्वका क्षेत्रहरुका कारण पनि यस क्षेत्रलाई भु–स्वर्गको उपमा दिईएको हो । सेती अञ्चलका चार जिल्लाहरु बझा¨, अछाम, डोटी र बाजुरा जिल्लाको संगम स्थलका रुपमा खप्तड रहेको छ । खप्तड क्षेत्रको महत्व पौराणिक कालमा पनि रहेको पाईएको छ । स्कन्द पुराणमा समेत खप्तड क्षेत्रको बर्णन गरिएको छ । उक्त पुराणमा खप्तडलाई खेचरादी पर्वत नाम उल्लेख गरिएको छ । खेचरको अपभ्रंश हुदै जादा खप्तड नाम रहन गएको बताईएको छ ।
फोटो २: (नागढुंगा)
खप्तडमा अवस्थित नांग ढुंगामा नागको आकृतीहरु प्रष्ट रुपमा देख्न सकिन्छ । ढुंगाको चारै तिर रहेका नागका आकृतीहरुमा यस क्षेत्रमा घुम घाम गर्न आउने पर्यटक र तिर्थालुहरुका लागी नयां पन दिन्छ ।
फोटो ३: (खप्तड पाटन)
यस क्षेत्रमा २२ भन्दा बढी ठुला ठुला पाटन र ति पाटनहरुमा फुल्ने रंगी बिरंगी फुलहरुले खप्तडलाई छुटाउनै नहुने गन्तब्यका रुपमा लिईएको हो ।
फोटो नं.४: (खप्तड राष्ट्रिय निकुञ्जले संचालनमा ल्याएको संग्राहलय)
यस क्षेत्रमा २२ वटा पाटन छन् । जेठमा फुल्ने बुकी फुलले खप्तडलाई फुलै फुलको गलैचाका रुप दिएको हुन्छ । खप्तड समुन्द्र सतहवाट २४०० देखि ३७०० मिटरको उचाईमा फैलिएको छ । साथै खप्तड राष्ट्रिय निकुञ्जले यस क्षेत्रमा पाईने चराचुरुङ्गी र जनावर, जडिबुटीको संग्राहालय संचालनमा ल्याएको छ ।
फोटो नं. ५: (खप्तडमा पाईने एक प्रजातीको फुल)

कतै अग्ला डाडा, कतै समथर पाटन भेटिने खप्तडमा ३७२ प्रजातीका बनस्पती कालकुट, पांचऔले, निमसी जस्ता १२५ थरी जडिबुटी, २३ किसिमका बन्य जन्तु र २८७ प्रजातीका चराहरु पाईन्छ ।
६) सुन्दर खप्तड दह:

स्थानिय भाषमा यसलाई खापरदह पनि भन्ने चलन छ ।


















प्रतिक्रिया