१९ कार्तिक २०८३, बिहिबार

माओवादी केन्द्रले सचिवालयको बैठक बोलायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mao-Press-meetकाठमाडौँ, ५ असोज । समसामयिक राजनीतिक परिस्थिति र सङ्गठनसम्बन्धी निर्णय लिन नेकपा (माओवादी केन्द्र)ले यही असोज ८ गते केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालको निजी निवास लाजिम्पाटमा बसेको माओवादी केन्द्रीय कार्यालयको बैठकले सचिवालयको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । आजको बैठकमा पार्टीको सङ्गठनात्मक संरचनाबारे छलफल भएको उहाँको भनाइ थियो ।

बैठकमा कार्यालयका सदस्यले अहिले भद्दा सङ्गठनात्मक व्यवस्थाका कारण पार्टी सञ्चालनमा अप्ठ्यारो परेको बताएका थिए । उनीहरुले तत्काल पार्टीको महाधिवेशन हुने सम्भावना नरहेकाले त्यतिन्जेलका लागि कस्तो संरचना बनाउने भन्ने निर्णय गर्न आवश्यक रहेकोमा जोड दिएका थिए ।

फागुनमा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको माओवादी केन्द्रले पार्टी अध्यक्ष प्रधानमन्त्री भएपछि अहिले सरकार सञ्चालनमा प्राथमिकता दिनुपर्ने ठहर गर्दै केही समय अघि महाधिवेशन स्थगित गरेको थियो । रासस