१९ कार्तिक २०८३, बिहिबार

मदिरा कारोबारीलाई जरिवाना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paisaकञ्चनपुर, ५ असोज । अनुमति नलिइकनै अवैध रुपमा मदिराको कारोबार गर्दैआएका कञ्चनपुरको भीमदत्तनगरपालिका–११ का दुईजनालाई जरिवाना तिराइएको छ ।

मङ्गलबार साँझ आन्तरिक राजस्व कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय गड्डाचौकीको संयुक्त टोलीले पसलमा छापा मारी लक्ष्मण ऐरी र मुकेश पैतलालाई जनही रु पाँच/पाँच हजार जरिवाना तिराइएको हो ।

पसलमा अवैध रुपमा बिक्रीका लागि राखिएको विभिन्न ब्रान्डका ५६ थान मदिरासमेत जफत गरी आन्तरिक राजस्व कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक तुलसीप्रसाद अधिकारीले बताउनुभयो ।

अनुमतिबिना मदिरा बिक्री–वितरण गर्दै आएका पसलको निरन्तर अनुगमन गरी कारबाही अघि बढाइने प्रतिवद्धता पनि उहाँले व्यक्त गर्नुभयो । रासस