– नवराज श्रेष्ठ
रामेछाप, ४ असोज । प्रेस चौतारी नेपाल रामेछापको अध्यक्षमा पुनः युनिक विफा घिसिङ निर्वाचित भएका छन् । चौतारीको सोमबार सम्पन्न तेस्रो जिल्ला अधिवेशनले घिसिङलाई अध्यक्ष पदमा सर्वसम्मतिले चयन गरेको हो ।
समितिका उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः कैलाश खत्री, लेखबहादुर विक, प्रज्वल पौडेल र शान्ता श्रेष्ठ छानिएका छन् । सदस्यहरुमा क्रमश पार्वती पाठक, नवराज श्रेष्ठ, सिता पुरी र शंकर वरुवाल पनि सर्वसम्मतिले चुनिएका छन् । २ जना सदस्य भने पछि थप गर्ने निर्णय भएको छ ।
अधिवेशनको उद्घाटन गर्दै चौतारीका केन्द्रिय अध्यक्ष गणेश बस्नेतले प्रेस चौतारी नेपाल नेपालको पत्रकारहरुको व्यवसायिक हित र वैचारिक क्षमता विकासको लागि निरन्तर लागि रहेको बताए । उनले नेपालको पत्रकारिता र नेपाल पत्रकार महासंघलाई उचाईमा पुर्याउने काम चौतारीले गरेको दाबी गरे ।
कार्यक्रममा नेकपा एमालेका वैकल्पिक केन्द्रिय सदस्य देवशंकर पौडेलले नेपालको पत्रकारिता अझै पनि व्यसायिक र खोजमुलक बन्न जरुरी रहेको बताए । उनले पत्रकारलाई पेशागत धर्म निर्वाह गर्न पनि आग्रह गरे ।













प्रतिक्रिया