काठमाडौं, ४ असोज । नेकपा एमालेको निकट विद्यार्थी संगठन अनेरास्ववियुले उपत्यकाका बिभिन्न एक दर्जन विद्यालयमा बम राखेर आतंकित पार्नेहरुलाई तत्काल पक्राउ गरी कारवाही थाल्न माग गरेको छ ।
मंगलबार अध्यक्ष नविना लामाले एक विज्ञप्ति जारी गरी मानवता बिरोधी आतंकवादी कार्य गर्नेलाई कुनै पनि बहानामा छुट नदिन आग्रह गर्नुभएको छ । जारी विज्ञप्तिमा भनिएको छ- ‘स्कुलमा बम भेटिनु क्रुर मानवता बिरोधी, शान्ति बिरोधी र आतंककारी गतिबिधि हो ।’
अनेरास्ववियुले कुनै पनि हिंसात्मक गतिबिधि नसहने भन्दै लामाले जो सुकै भए पनि मानवता बिरोधी कार्यको रुपमा लिएर दोषीलाई कारवाही हुनुपर्ने माग गर्नुभएको छ ।












प्रतिक्रिया