काठमाडौं, ३ असोज । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले अमेरिका जानको लागि अपराध महाशाखाबाट विदा लिएका छन् ।
२ महिनाभन्दा लामो तालिमका लागि अमेरिका जानु पर्ने भएकाले उनले आइतबार नै महाशाखाबाट विदा लिएका हुन् ।
सेप्टेम्बर २२ तारिख देखि नोभेम्बर २६ तारिख सम्म हुन लागेको एड्भान्स सेक्युरिटी को-अपरेसन तालिममा नेपाल प्रहरीको तर्फबाट उनी सहभागी हुन लागेका हुन् ।
तालिममा २५ भन्दा बढी देशका उच्च सुरक्षा अधिकृतहरु सहभागी रहने छन् ।
उनले एसपी प्रकाशजंग कार्कीलाई निमित्त सुम्पेर मंगलबार राति त्यता तर्फ जाने कार्यक्रम रहेको छ ।












प्रतिक्रिया