१९ कार्तिक २०८३, बिहिबार

देउखुरीमा बस दुर्घटना, पाँच जना यात्रु घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

दाङ, ३ असोज । दाङ जिल्लाको देउखुरी उपत्यका अन्तर्गत पूर्वपश्चिम महेन्द्र राजमार्गस्थित पदमिनी खोला नजिकै बस दुर्घटना हुँदा पाँच जना यात्रु घाइते भएका छन् ।

आज बिहान सतबरिया– १ पदमिनी खोला नजिकै साढे ५ बजे लु १ ख ८७४२ नम्बरको बस रुखमा ठोक्किदा ५ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा बसमा सवार कपिलबस्तु थुनिया– ८ की ३७ वर्षीया प्रेम कुमारी नेपाली, १३ वर्षीय सन्तोष नेपाली, अर्घाखाँची सन्धीखर्कका ५३ वर्षीय कृष्ण भुसाल, धारापानीका २१ वर्षीइ देवबहादुर घर्ती र ५० वर्षीया शान्ता पौडेल रहेका छन् ।

घाइते सबैलाई उपचारको लागि बुटवल लगिएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।