– भोबिन्द्र शाह
बाजुरा, २ असोज । नयाँ शक्ति नेपाल पार्टी बाजुराले राज्य र जिल्लाको समसामयिक बिषयलाई मध्यनजर राख्दै आइतबार जिल्ला प्रशासन कार्यालय बाजुरामा ज्ञापन पत्र बुझाएको छ ।
अबिरल बर्षाका कारण जिल्लाका बिभिन्न ठाउहरुमा पारेको क्षतिको क्षतिपुर्ति दिनुपर्ने, खडेरीका कारण जिल्लाको पूवोत्तरी क्षेत्रका ११ वटा गाविसमा परेको भोकमरीको उचित सम्बोधन गर्नुपर्ने, खेतमा राखेको धानको बेर्ना सुकेकाले किसानहरुको खेतबारी अनुगमन गरी राहात उपलब्ध गराउनु पर्ने,साफे मार्तडी सडक खण्डको निमार्ण अबधि २१ को बर्ष बितिसतक्दा पनी जिल्ला सदरमुकाममा अझै सवारी साधनहरु नपुग्नुको पछाडी मुख्य दोस ठेकेदारको भएकाले ठेकेदारलाइ निगरानीमा राखी तत्काल सडक सुचारु गर्नु पर्ने, नगरपालिका भित्र छरिएर रहेका खानेपानीको पाइपलाइनहरु र अब्यबस्थित घर निर्माण प्रक्रियालाई ब्यबस्थित गर्नुपर्ने जस्ता मागहरुको सुनुवाइ हुनुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठलाई बुझाएको नयाँ शक्ति नेपाल पार्टी बाजुराका अध्यक्ष दिलिप शाहीले जानकारी दिएका छन ।
आफूहरु राजनीतिक मात्र भन्दा पनि आफ्नो पाटि समाज सुधारको पक्षमा रहि काम गर्नु पर्ने र जनताकै हितमा काम गर्नु पर्छ मान्यता रहेकाले यी मागहरुलाइ राज्य पक्षले उचित सम्बोधन नगरे थप संघर्षका कार्यक्रम गर्ने शाहीले जानकारी दिएका छन । तीन पृष्ठ लामो ज्ञापन पत्रमा ३२ बुदा मागहरु राखीएको बताएको छ । नयाँ शक्ति नेपाल सत्ताको कुनै खेलमा छैन बिभिन्न पक्ष क्षेत्र र समुदायबाट उठेका जायज मागहरु संबोधन सहित संबिधान संसोधन, स्थानिय निकायको पुनसंरचनार जनताका दैनिक जिवन सग जोडिएका मुद्धालाइ नयाँ शक्ति पाटिले प्राथमिकतामा राखेको कुरा ज्ञापन पत्रमा उल्लेख गरेको छ ।
दसै तिहारलाइ लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय बाजुराले गा्रमिण क्षेत्रका लागी सुपथ पसल संचालन गर्नुका साथै मदिरापान बन्द गर्नु पर्ने जनाएका छन । ज्ञापन बुझ्दै नयाँ शक्ति पाटिले उठाएका मागहरु जायज भएकाले यसकालागी सर्व पक्षिय सर्वदलिय बैठक बोलाएर छलफल गरीने र यसमा सबैले साथ दिनु पर्ने प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले बताए ।













प्रतिक्रिया