३१ आश्विन २०८३, शनिबार

जनभावना पार्टी एमालेमा विलय, सूर्यबहादुर खड्का र चित्रबहादुर केसीदेखि माओवादी प्लाटुन कमाण्डरसम्म प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pokhara-uml-praty-parbesh-1

काठमाडौं, २ असोज । नेपाल जनभावना पार्टी नेकपा एमालेमा विलय भएको छ ।

सोमबार पोखरामा आयोजित नेकपा एमाले प्रदेश नम्बर ४ को प्रथम बैठक एवं बृहत कार्यकर्ता भेलाबाट जनभावना पार्टी औपचारिक रुपमा एमालेमा विलय भएको हो । यो पार्टीले २०६४ सालको संविधानसभाको निर्वाचनमा १४ हजार मत पाएको थियो ।

pokhara-uml-praty-parbesh

कार्यक्रममा जनभावना पार्टीका अध्यक्ष सूर्यबहादुर खड्का र उपाध्यक्ष चित्रबहादुर केसीसहितको समूहलाई एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल, सचिव पृथ्वीसुब्बा गुरुङ, स्थायी कमिटी सदस्य एवं प्रदेश नम्बर ४ का संयोजक किरण गुरुङ, सह–संयोजक गणेश तिमिल्सिनाले स्वागत गर्नुभयो ।

कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका नेता सुरेन्द्र थापामगर पनि एमालेमा फर्किनुभएको छ । पहिले एमालेकै नेता रहेका मगर अशोक राईको पार्टी हुँदै फोरममा जानुभएको थियो ।

pokhara-uml-praty-parbesh-2

माओवादीको जनमुक्ति सेनाका प्लाटुन कमाण्डर गोरखा पालुङटारका सागर थापा पनि एमालेमा आउनुभएको छ ।

यसैगरी कांग्रेस र माओवादीबाट सयजना भन्दा बढी नेता-कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको छ ।

सबै नवप्रवेशीलाई अध्यक्ष ओलीसहितका अतिथिहरुले स्वागत गर्नुभएको थियो ।

एमाले खुद्रा पसल होइन्, सुपर मार्केट होः सचिव गुरुङ

pokhara-uml-subba

कार्यक्रममा एमाले सचिव पृथ्वीसुब्बा गुरुङले सम्पूर्ण क्रान्तिकारी र राष्ट्रवादीहरुलाई नेकपा एमालेमा प्रवेश गर्न आह्वान गर्नुभयो ।

उहाँले भन्नुभयो– ‘एमाले खुद्रा पसल होइन् सुपर मार्केट हो । अब नारायणमान विजुक्छेहरुले भक्तपुरमा बदामको पसल थाप्न जरुरी छैन् । चित्रबहादुर केसीहरुले बागलुङमा चुरोटको नाङलो थाप्न जरुरत छैन् । एमाले सुपरमार्केट हो, नुनदेखि सुन सबै एमालेमै पाइन्छ । त्यसैले एमालेमा आउनुस् ।’

एमाले देश र जनताको प्रिय पार्टी भएकाले नेपाली जनतामा आकर्षण बढेको भन्दै उहाँले कार्यकर्ताहरुलाई कुनै नेताको आधारमा विभाजित नभई एकताबद्ध भएर लाग्न आग्रह गर्नुभयो ।