परासी, २ असोज । नेकपा एमाले क्षेत्रीय कमिटी क्षेत्र न.४ नवलपरासीको अध्यक्षमा उमानाथ पोखरेल निर्वाचित हुनुभएको छ । ऐतिहासिक रामग्राम नगरीमा शनिबार राति अबेर सम्पन्न क्षेत्रीय अधिवेशनले पोखरेललाई निर्विरोध अध्यक्षमा चयन गरेको हो । अध्यक्षका अन्य दुई जना उम्मेदवार रामचन्द्र भण्डारी र सूर्य दुवेले आफनो उम्मेदवारी फिर्ता लिएपछि उमानाथ पोखरेल निर्विरोध अध्यक्षमा चयन हुनुभएको हो ।
अधिवेशनले क्षेत्रीय सचिव बाहेक अन्य सवै पद सर्वसम्मत चयन गरेको निवर्तमान क्षत्रिय अध्यक्ष रामचन्द्र भण्डारीले बताउनुभएको छ । यसैगरी नवगठित क्षेत्रिय समितिको उपाध्यक्षमा अवधराज यादव चयन हुनुभएको छ भने सचिवमा कृष्ण देवकोटा निर्वाचित हुनुभएको छ । क्षेत्रिय सचिवका लागि तिन जनाको उम्मेदवारी परेकोमा राजन कुमार आर्चायले फिर्ता लिएपनि कृष्ण देवकोटा र केशव अर्याल बीच सहमति हुन नसकेपछि अन्तिम समयमा चुनाव भएको थियो ।
जसमा कृष्ण देवकोटाले ९६ मत पाउदै विजयी हुनुभयो भने अर्का प्रत्यासी केशव अर्यालले ६८ मत पाउनुभएको निर्वाचन मण्डलका गणेश सापकोटाले बताउनुभयो । यसैगरी क्षत्रिय उपसचिवमा भागिरथी पाण्डे निर्विरोध चयन हुनुभएको छ । अधिवेशनले भुगोल, खुल्ला, समावेशि सहित ४५ सदस्यीय क्षत्रिय कमिटी चयन गरेको हो । नवगठित क्षत्रिय समितिका पदाधिकारी तथा सदस्यहरुलाई अध्यक्ष मण्डलका संयोजक एवँ जिल्ला संगठन विभाग प्रमुख थान प्रसाद गैरेले राती नै सपथग्रहण गराउनुभएको छ । क्षत्रिय अधिवेशनको शुक्रबार एमाले महासचिव ईश्वर पोखरेलले उद्घाटन गर्नुभएको थियो ।













प्रतिक्रिया