१९ कार्तिक २०८३, बिहिबार

बस दुर्घटना गराएर मान्छे मार्ने चालकको लाइसेन्स छैन्

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bus-1

तुलसीपुर, २ असोज । गएराती दाङको टरिगाँउमा एकजनाको ज्यान जानेगरी भएको दुर्घटनाग्रस्त बस चालकको सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएको खुलेको छ ।

सितलपुरवाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ ख ७८४ नम्वरको बसले शनिवार साँझ ७ बजेतिर उरहरी तर्फ जाँदै गरेको रा १ प ७८१४ नम्वरको मोटर साइकललाई तुलसीपुर १२ टरिगाँउ एयरपोर्ट नजिक ठक्कर दिएको थियो । बसको ठक्करबाट मोटरसाइकलमा सवार तुलसीपुर १८ का ५४ बर्षिय देवबहादुर डाँगीको ज्यान गएको छ ।

दुर्घटनामा डाँगीकी ५३ वर्षीया श्रीमती पुष्पा डाँगी गम्भिर घाइते भएकी छन् । उनलाई उपचारका लागि कोहलपुर लगिएको छ ।

त्यस्तै उक्त बसले रा २ प ४५४७ नम्वरको मोटरसाइकललाई समेत ठक्कर दिएको थियो । मोटरसाइकलमा सवार प्रावि क्वाङ्गीका शिक्षक ५६ वर्षीय मुक्तवहादुर वली र उनकी श्रीमती ५२ वर्षीया सावित्रा वली पनि घाइते भएका छन् । शिक्षक वलीको हातमा चोट छ र उनको अञ्चल अस्पतालमै उपचार भइरहेको छ । तर उनकी श्रीमती सावित्रा भने गम्भिर घाईते भएकी छन् । सावित्रालाई पनि थप उपचारका लागि कोहरपुर लगिएको छ । उनको अवस्था खतरा मुक्त छ । दुर्घटनामा बनाएर बस भगाएका चालक सम्मान वलीले तुनपा ६ रजेोरामा आफ्नै बस पल्टाएका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक सन्तोष रोकाका अनुसार चालक सम्मानसँग सवारी चालक अनुमानित पत्र(लाइसेन्स)छैन । लाइसेन्स नभएका वली लाई प्रहरीले कर्तव्य ज्यान अन्तर्गत मुद्दा चलाउने तयारी गरेको छ । स्रोतका अनुसार सम्मान गाडी मालिक हुन् । सम्मान र उनको बस चालकले दमारगाऊँमा सँगै मदिरा सेवन गरेका थिए । मदिरा सेवन गरेपछि चालक दमारगाऊँमै बसेको र मदिरा पिएका गाडी मालिक सम्मान आफैँले बस चलाएर ल्याएका थिए । राप्ती अञ्चल अस्पताल तुलसीपुरले गाडी चलाउँदा सम्मानले मदिरा सेवन गरेको प्रमाणित गरेको छ ।