१९ कार्तिक २०८३, बिहिबार

रामेछापमा भदौ महिनामा ४ जनाल गरे आत्महत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aatmahatya– नवराज श्रेष्ठ

रामेछाप, २ असोज । रामेछाप जिल्लामा आत्महत्या गर्नेको सङख्या बढ्दै गएको छ । जिल्लामा भदौ महिनामामात्रै ४ जनाले आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नेमा नदीमा हामफली आत्महत्या गर्नेको सङख्या १ छ भने झुण्डीएर आत्महतया गर्ने १ रहेको छ । त्यसैगरी २ जनाले बिष खाएर आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापले भदौमहिनाभरी जिल्लामा भएका घटनाहरुको विबरण सार्वजनिक गदै उक्त कुराको जानकारी दिएको हो ।

आत्महत्या गर्ने ४ सहित बिभिन्न कारणले ज्यान जानेको सङख्या भदौ महिनामा ८ रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्क्ता प्रेम जोसीले सार्वजनिक गर्नुभएको घटना विबरणमा उल्लेख रहेको छ ।

जिल्लामा भादौ महिनामा २ सवारी दुर्घटना भएका छन् । जसमा परी १ जनाको ज्यान गएको छ भने ३ जना घाईते भएका छन् । जसमध्य १ जना गम्भीर घाईते भएका छन् भने २ जना सामान्य घई भएका ।

त्यसैगरी प्रहरीले सवारी जाचमा पनि कडाई गरेको छ । रामेछापमा भदौ महिनामा ४ सय ४२ सवारी साधनहरु कार्वाहिमा परेका छन् । जसवाट ३ लाख ३० हजार राजश्व संकलन भएको छ ।