काठमाडौं, २ असोज । नेपाल तरुण दलको केन्द्रीय महाधिवेसनमा फरक फरक धारबाट नेताहरुले उम्मेदवारी घोषणा गर्ने क्रम शुरु भएको छ ।
कांग्रेसको मेरुदण्ड मानिने तरुण दलको नेतृत्वको लागि विभिन्न युवा नेताहरुले धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन् ।
यसैक्रममा तरुण दलको महासचिव पदमा कांग्रेसका युवा नेता बाबुराम आचार्यले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
नेविसंघको राजनीतिमा सक्रिय आचार्यले तरुण दलमा रहेर महत्वपूर्ण भूमिका निवार्ह गर्ने योजना रहेको बताएका छन ।
कांग्रेस र प्रजातन्त्रका लागि क्रियाशील रहेकै कारण आचार्यले बिगतमा पटक पटक माओवादी आक्रमणमा खेप्नु परेको थियो । उनले गृह जिल्ला सुनसरीबाट कांग्रेस राजनीति पनि गर्दै आएका छन् ।












प्रतिक्रिया