नयाँ दिल्ली, १ असोज । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालबीच आज भेटवार्ता भएको छ ।
भेटवार्तामा दुई देशको सम्बन्ध, सुरक्षा चासो र आपसी हितका विविध आयामका बारेमा छलफल भएको थियो ।
नेपाल र भारत असल मित्र भएकाले एकअर्काको चासोलाई सम्बोधन गर्ने र आपसी हितका विषयमा प्रधानमन्त्री दाहाल र राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबीच छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । रासस













प्रतिक्रिया