काठमाडौं, १ असोज । काठमाडौँ कार्यथलो बनाई पत्रकारिता गरिरहेका रामेछापका पत्रकारले नेपाल समाचारपत्रका मधुसुदन रायमाझीको संयोजकत्वमा नौ सदस्यीय रामेछाप–काठमाडौँ पत्रकार समाज गठन गरेका छन् ।
शनिबार काठमाडौँमा भएको भेलाले सहसंयोजकमा प्रेम गौतम र उमेश पौडेललाई चयन गरेको छ भने सचिवमा उद्धव कार्की, सहसचिवमा दीपेन्द्र गुरुङ, कोषाध्यक्षमा एसिमा महत र सदस्यमा कमला रसाइली, राजेश भण्डारी र पार्वती खड्का रहनुभएको छ ।
भेलामा पत्रकार कपिल काफ्ले, मात्रिका पौडेल, दिनेश बस्नेत, माधव पौडेल, ज्ञानप्रसाद पौडेल, पुरुषोत्तम घिमिरेलगायतले रामेछापेली पत्रकारको एकताका लागि शुभकामना दिनुभएको थियो । भेलामा ४० पत्रकारको उपस्थिति रहेको थियो । रासस













प्रतिक्रिया