१९ कार्तिक २०८३, बिहिबार

पहिचान खबरको दोस्रो बार्षिकोत्सवमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

school-bank

झलारी (कञ्चनपुर), १ असोज । कञ्चनपुरको झलारीबाट प्रकाशित पहिचान खबर दैनिक पत्रिकाले आफ्नो दोस्रो बार्षिकोत्सवको अवसरमा यहाँका ३९ जना वादी समुदायका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ ।

झलारी क्षेत्रवाट प्रकाशन हुने यस दैनिक पत्रिकाले आफ्नो दुई वर्ष पुरा गरि तेश्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा शनिवार बिहान कृष्णपुर नगरपालिका–२ बंक स्थित जनउत्थान आधारभुत विद्यालय बंकका २९ जना विद्यार्थीलाई शैक्षिक सामाग्री र १० जना अतिविपन्न एवं टुहुरा वाल वालिकाहरुलाई विद्यालय पोशाक समेत वितरण गरेको हो ।

school-1आरक्ष विस्थापित, मुक्त कमैया, सुकुम्वासी र दलित समुदायको बीचमा रहेको उक्त आधारभुत विद्यालयमा ३ सइ २९ जना बाल बालिकाहरु अध्यनरत छन । यस विद्यालयको कार्यक्षेत्र भित्र गरिव, दलित,आदिवासी तथा अति विपन्न समुदायको वाक्लो वस्ती रहेको छ । गरिब दलित विपन्न समुदायमा पनि बादी समुदाय अझै पछि परेकोले यस समुदायका वालवालिकाहरुलाई छनौट गरी शैक्षिक समाग्री वितरण गरेको यस दैनिक पत्रिकाका सम्पादक डिवि कुश्मीले बताउनुभयो । अरु समुदायको तुलनामा पछि परेको समुदायमा मध्ये वादी समुदाय पनि एक रहेको र त्यसमा पनि ‘विद्यार्थीहरुको अवस्था नाजुक रहेकोले अध्यापनमा सहयोग पुगोस भन्ने उद्धेश्यका साथ बार्षिकोत्सवको अवसरमा शैक्षिक सामाग्रीहरु प्रदान गरेको उहाँले बताउनुभयो ।

पत्रिकाका सल्लाहाकार जोगी सिह सोवको प्रमुख आतित्थ्यमा सञ्चालन भएको उक्त बार्षिकोत्सव तथा शुभ कामना आदान प्रदान कार्यक्रमवाट यस दैनिक खवरले त्यस आधारभुत विद्यालयलाई एक वर्षका लागी निःशुल्क रुपमा पत्रिका उपलव्ध गराउने घोषणा गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मान वहादुर थापाका विशिष्ठ अतिथ्यमा सञ्चालन गरेको उक्त कार्यक्रममा श्री कृष्ण वैजनाथ वहुमुखी क्याम्पसका प्राध्यापक चन्द्र महरा, नवकिरण वचत तथा ऋण सहकारी संस्थाका प्रवन्धक लक्ष्मी सेटी, धुव्रतारा कृषि सहकारी संस्थाका प्रवन्धक टेक वहादुर शाहु, प्रभु एफएमका वजार व्यवस्थापक भोजराज जोशी, समाजसेवी शर्मिला थापा, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक शिक्षिका, अभिभावक तथा बालबालिकाहरुको उल्लेखिय उपस्थिती रहेको थियो ।

विद्यालयका प्रधानाध्यापक दिपक सिह भण्डारीले शुभ कामना प्रदान गर्नु भएको कार्यक्रममा पत्रिकाका सह सम्पादक किरण चौधरीले स्वागत गर्नुभएको थियो । पहिचान खबर पत्रिका जिल्लाकै ग्रामीण क्षेत्रबाट प्रकाशित हुने एक मात्र पहिलो दैनिक पत्रिका हो ।