१९ कार्तिक २०८३, बिहिबार

अबैध मदिरा नियन्त्रणदेखि सरसफाइमा प्रहरीको सक्रियता

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bajura-safai

– भोबिन्द्र शाह

बाजुरा, १ असोज । शान्ति सुरक्षामा दिनरात नभनी अहोरात्र खटिरहने प्रहरी पछिल्लो समय अबैध घरेलु मदिरा नियन्त्रका साथै बजार सरसफाइमा सक्रिय बन्दै गइरहेको जनाएको छ ।

अबैध घरेलु मदिराका कारण जिल्लामा हुने घरेलु झैझगडा, कुटपिट लगायतका दिनहुँ उजुरी आइरहने जिल्ला प्रहरी कार्यालय बाजुरामा अबैध मदिरा नियन्त्रण संगै कमी आएको प्रहरीले बताएको छ । जिल्लामा रहेका प्रहरी चौकी र इलाका प्रहरी चौकीमार्फत प्रहरी मेरो साथी मार्फत जनचेतना,सरसफाइ लगाएतका क्रियाकलाप गर्दै आइरहेको प्रहरी नायब उपरिक्षक दलबहादुर बोगटीले जानकारी दिएका छन । बोगटीका अनुसार जिल्ला सदरमुकाम मार्तडीमा घरेलु झैझडा न्युनिकरणमा शुन्यता ल्याउन सफल भएको बताए ।

सामुदायिक प्रहरी सेवा केन्द्र मार्फत मुस्कान सहितको सेवा, प्रहरी मेरो साथी लगायतका काम गर्दै आइरहेको र सामुदायिक प्रहरी सेवा केन्द्रका प्रहरी जवान उत्तम चन्दले बताएका छन । शनिबार मात्रै सामुदायिक प्रहरी सेवा केन्द्रको समन्वय र जिल्ला प्रहरी कार्यालय बाजुराले सक्रियतामा अनन्ते मेलाको अबसर पारी मन्दिर परिसर र बजार सरसफाइ गरेको बताएको छ ।

स्थानिय महान चाडको रुपमा रहेको अनन्त्े मेलालाइ लक्षित गर्दै जिल्ला प्रहरी कार्यालयले मेला अबधिभर मदिरा नियन्त्रण गर्नुका साथै सुरक्षा ब्यबस्था कडा पारिएको बताएको छ ।