काठमाडौं, १ असोज । विश्व जागरण महायज्ञ अभियान ट्रष्टले पशुपतिको बनकालीमा असाय बालबालिकाको रक्षार्थ चितवनको देवघाटमा निमार्ण भैरहेको ४० कोठे भवन निमार्णको लागि पशुपतिको वनकालीमा महायज्ञ गर्ने भएको छ ।
महायज्ञ असोज २ देखि १४ गतेसम्म चल्नेछ । शनिबार रिपोर्टर्स क्लब नेपालमा विश्व जागरण महाअभियान ट्रष्टले पत्रकार सम्मेलन गरेर ‘संस्कृति शिक्षा जातिमा होइन रोजाई’मा भन्ने नाराका साथ पशुपतिको वनकालीमा श्रीमद्भागवत् महापुराण पितृमोक्ष मुखाकृत कार्यक्रम ईश्वरकृष्ण महाराजबाट वाचन हुने जनाएको हो ।
वाचक ईश्वर कृष्णले सोह्र श्राद्धको अवसरमा आयोजना हुने महायज्ञ अरुभन्दा फरक र विशुद्ध वालबालिकाको भविष्यको लागि आयोजना गरेको बताए ।
उनले भने, ‘देवघाट जस्तो पवित्र तीर्थस्थलमा चार तले भवन निमार्ण गरेर भूकम्पमा परेर आमाबाबु गुमाएका बालबालिकालाई आधुनिक संस्कृत शिक्षा दिने कार्यमा सबैको साथको अपेक्षा गरेको छु ।’












प्रतिक्रिया