१९ कार्तिक २०८३, बिहिबार

दाङका विवादित एलडिओ गौतमको सरुवा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ldoघोराही, ३१ भदौ । दाङका स्थानिय विकास अधिकारी रमेश गौतमको सरुवा भएको छ ।

२०६९ साल चैत्र २७ गते जिल्ला विकास समिति दाङमा सरुवा भएर आउनु भएका गौतमको भुमीसुधार मन्त्रालयमा सरुवा भएको हो ।

सामान्य प्रशासन मन्त्रालयले शुक्रवार देशभरका ७ सय ९२ जना कर्मचारीको सरुवा गर्ने क्रममा गौतम पनि सरुवामा पर्नु भएको हो । ढुङ्गा जन्य बस्तुको विषयलाई लिएर विवादित हुदै आएका गौतम यो भन्दा पहिले नै सरुवा माग्दै आउनु भएको थियो ।

आर्थिक वर्षको अन्तमा सरुवा गर्दा जिल्लाका विकास योजना प्रभावित हुने भएकाले पुर्व सामान्य प्रशासन मन्त्री रेखा शर्माले उहाको सरुवा रोक्नु भएको थियो ।

जिल्लाका कृषि विकास, जनस्वास्थ्य र जिल्ला विकास समितिको कार्यालय छनौट सदस्य रहने सुआहारा छनौट कार्यक्रममापनि गौतम विवादित हुनुभएको थियो ।