ललितपुर, ३१ भदौ । हरिहरभवनस्थित उतर कोरियाली दूतावास अगाडि आज एक घन्टा धर्ना दिएको छ ।
उतर कोरियाले हालसालै मात्र गरिएको आणविक बम परीक्षणको विरोध स्वरुप ब्युटिफुल माइन्ड ग्रामीण क्लबहाउसको अगुवाइमा धर्ना कार्यक्रम गरिएको संस्थाका अध्यक्ष मुकुन्द सुवेदीले बताउनुभयो ।
‘उत्तर कोरियामा लोकतन्त्र बहाली गर, मानव अधिकारको सम्मान गर’ भन्ने नारासहित प्लेकार्ड बोकेर धर्ना दिइएको थियो ।
हामी सधैं शान्तिका पक्षधर हौं, त्यसैले आणविक परीक्षणको विरोध गर्नु आवश्यक भएको अध्यक्ष सुवेदीले बताउनुभयो । रासस













प्रतिक्रिया