नयाँदिल्ली, ३१ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवीच वान टु वान भेटवार्ता सम्पन्न भएको छ ।
चार दिने भारत भ्रमणमा आएका ‘प्रचण्ड’ले शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । उनले हैदरावाद भवनमा नेपाल तथा भारतका अधिकारीहरू सम्मिलित र मोदीसँग मात्रै (वन टू वन) भेटवार्ता गरेका हुन् ।
दुवै प्रधानमन्त्रीवीच करिव ५० मिनेट वान टु वान मिटिङ भएको हो । भेटवार्तामा मोदी र प्रचण्डवीच द्विपक्षीय सम्बन्धलाई समझदारीमा अघि बढाउने सहमति भएको छ । विगतमा भएका सहमतिलाई कार्यान्वयन गर्दै अघि बढ्ने र आगामी दिनमा आर्थिक साझेदारीमा भारतले सहयोग गर्ने मोदीले विश्वास व्यक्त गरेका थिए ।
मोदी र प्रचण्डवीच आगामी दिनमा द्विपक्षीय उच्चस्तरीय भ्रमणलाई पनि निरन्तरता दिनेबारेमा समझदारी बनेको छ ।
भेटमा प्रधानमन्त्री ‘प्रचण्ड’ले मोदीलाई नेपाल भ्रमणको निम्तो समेत दिएका छन् । जवाफमा मोदीले आफू नेपालमा धार्मिक–साँस्कृतिक भ्रमण गर्न तयार रहेको बताए ।
प्रधानमन्त्री ‘प्रचण्ड’ले समकक्षी मोदीसँग संविधानलाई स्वागत गर्नको लागि आग्रह गरेका थिए । जवाफमा मोदीले असन्तुष्ट पक्षहरूको आवाजलाई समेत समावेश गरी अघि बढ्न सुझाएका थिए ।













प्रतिक्रिया