१९ कार्तिक २०८३, बिहिबार

१५ हजार घुस लिदै गर्दा नापी सर्वेक्षक पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aakthier

भैरहवा, ३१ भदौ । नापी कार्यालय रुपन्देहीमा कार्यरत नापी सर्वेक्षक गंगा प्रसाद शाह घुस रकमसहित आज विहान पक्राउ परेका छन् ।

साहले सिद्धार्थनगर नगरपालिकामा भएको कित्ता नं. ३४०८ को दश धुर क्षेत्रफल रहेको जग्गा र घरको हालसाविक गर्ने निवेदन उपर कानुन बमोजिम नगरी बिभिन्न वाहानामा सेवाग्राहीसंग धुस रिसवत माग गरिरहेको भन्ने उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेपछि सूचनाको आधारमा आयोगको बुटवल स्थित कार्यलायबाट खटि गएको टोलीले साहलाई १५ हजार घुस रकम लिदै सिद्धार्थनगर नगरपालिका ३ मा रहेको सिद्धार्थ गौतम कोलोनी स्थित सेवाग्राहीको घरबाट घुस रकम सहित नियन्त्रणमा लिएको हो ।

घटनाको अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

माधब न्यौपानेबाट ।