१९ कार्तिक २०८३, बिहिबार

सिंचाईको काम छिन्यो माम

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

irigation

– शम्भु शैनी

कपिलवस्तु, ३१ भदौ । चरम लापरवाहीका कारण जिल्लामा निर्माण गरिएका सिचाई विभागका नहर जिर्ड भै सिचाई गर्न नपाएकोले धान बाली खेतमै सुकेका छ ।

धान बालीको खेतमा पानी नभएकोले धर्जी फाटेको छ । र नहर रेखदेख तथा हेरालुको लागी बनाईएको भवनहरु भग्नावशेषमा परिणत हुन थालेका छ । जिल्लाकै सबै भन्दा ठूलो बाणगंगा सिचाई पं्रणाली अन्र्तगत नहर सुरक्षाको लागि १३ वटा स्थानमा निर्माण गरिएका करोडौ मूल्यका ३६ वटा सरकारी भवनहरु यतिखेर जीर्ण अवस्थामा छ ।

कृषकहरुको सिंचाई सुविधाका लागि निर्माण गरिएको कपिलवस्तुको वाणगंगा सिचाई योजना अन्तर्गतका नहरहरुको नियमित मर्मतसंभार र उचित रेखदेख हुन नसक्दा नहर भत्कदै गएको छ । वाणगंगा नदीको लक्षमणघाटमा बाध बांधेर जगदीशपुर तालमा पानी जम्मा गरी मुल नहर तथा शाखा नहर हुदै कृषकहरुको खेत सम्म पानी पुग्ने नहरहरु उचित मर्मत सम्भार हुन नसक्दा भत्कदै जान थाले पछि यस क्षेत्रका कृषकहरु चिन्तित बन्न थालेका छ ।

नियमित रुपमा मर्मत संभार नहुन, नहर क्षेत्रमा जथाभावी गाईवस्तु चराईनु, नहर क्षेत्रको डीललाई बाटोको रुपमा प्रयोग गरी सवारी साधनहरु चलाईएका कारण नहर दिन प्रति दिन भत्कदै गएको छ । २०२८ मा शुरु गरि २०३५ सालमा करिब २ करोड २२ लाख रुपैयाको लागतमा निर्माण गरिएको आयोजना अन्तर्गत निर्मित पक्की नहरहरु समेत भत्केको छ । समय समयमा नहरको सफाई नहुदा पक्की नहर भरी माटो थुप्रिएको छ भने घांसपातले नहरमा पानी बग्न अवरोध पुर्याएको छ । ६ हजार ३ सय ५० हेक्टर सिचाई गरिने यो सिचाई योजना अन्र्तगतका नहरहरुको मर्मत संभारका लागि पटक पटक विभाग तथा मन्त्रालय सम्म धाउदा समेत कतै सुनुवाई नभएको वाणगंगा सिचाई योजना जल उपभोक्ता संस्था कपिलवस्तुले जनाएको छ ।

आयोजना अन्र्तगत ताल देखि दक्षिण साढे २० किलो मीटर भारतीय सीमा संग जोडिएको सोमडिह गाविस सम्म मुल नहर बनाईएको छ । यसै गरी मुल नहरबाट ८ किलोमिटर हथिहवा शाखा नहर, ५ किलोमीटर तौलिहवा शाखा नहर र ३ किलोमीटरको लक्ष्मीनगर शाखा नहर अन्तर्गत १६८ प्रशाखा बाट कृषकहरुको खेतवारीमा सिचाई सुविधा उपलब्ध गराईएको छ । सरकारी भवनहरुको रेख देख तथा संरक्षण नहुदा भवनका भ्mयाल, ढोका तथा कोठाहरु तोडफोड गरि चोरिएका छन् । छडहरु तथा इटा समेत लगिएका छन् । कतिपय स्थानमा भवनलाई अतिक्रमण गरि बोर्डिङ् स्कुल, बाल विकास केन्द्र, घर, तथा निजि कार्यालयहरु समेत बनाइएका छन् । भवन संरक्ष तथा रेखदेखका लागि शिचाई कार्यालयले २० जना कर्मचारी (ढल्पा) खटाएको छ तर उनीहरुको काम भने हाकीमको भात पकाउने, तरकारी किन्ने र तलब बुझ्ने मात्र रहेको छ । कार्यालयका अनुसार ढल्पाहरुको तलब भत्तामा बार्षिक १५ लाख बढि खर्च हुने गरेको छ ।

गोबरीमा रहेको भवनमा शशस्त्रले कब्जा गरि बसेको छ भने सोमडिह, गौरी र गोटिहवामा बनेका सिचाई विभागका भवनहरुमा यतिखेर बोर्डिङ् स्कुल चलाइएको छ । यस्ते भने तौलिहवा नगरपालिका क्षेत्रका ३ वटा भवनहरुमा बालविकास केन्द्र चलाइएका छन् । तिलौराकोट गाविस र नगरपालिकामा रहेका ३ वटा भवनमा व्यक्तिहरुले कब्जा गरि विगत १० वर्ष देखि बस्दै आएका छन् । जिल्लाभर निर्माण गरिएका १७ वटा भन्दा बढि भवनमा कुनै पनि भवन सिचाईका लागि प्रयोगमा आएका छैनन ।

स्थानियबासीहरुका अनुसार अहिले त्यस्ता विभागका भवनहरु लागू औषध दुर्वयवसनी हरुको अखाडा बनेका छन् । निग्लीहवाको जगदीशपुरमा रहेका ३ वटा सिचाईको भवनमा दुई वटामा माछा व्यापारीहरुले कब्जा गरेर बसेका छन भने एउटामा सामुदायिक विद्युतको कार्यालय राखिएको छ । विभागबाट स्विकृति नलिई कार्यालय सञ्चालन गर्दै आएको बताउदै एक कर्मचारीले सिचाईलाई आवश्यक परेमा कार्यालय छाड्न सकिने बताए ।

सिचाई विभागले बाणगंगा जल उपभोक्ता समितिलाई व्यवस्थापन, संरक्षण तथा प्रर्वद्धनको जिम्मा लगाएपनि समितिले भने कुनै चासो देखाएको छैन । समितिका सचिव बिनोद चौधरीका अनुसार विभागले मर्मतका लागि सिमित बजेट छुट्याउने गरेको र त्यो अत्यन्तै न्यून रहेको बताए ।

पश्चिमाञ्चल सिचाई विकास डिभिजन कार्यालयले आफूहरुले बाणगंगा सिचाई उपभोक्ता समितिलाई हस्तान्तरण गरिसकेको बताए । मर्मतका लागि विभागले बजेट दिएपनि त्यसको संरक्षण, संर्वद्धन र सदुपयोग भने समितिले नै गर्नुपर्ने जानकारी दिए । कृषकहरुले सरल तरिकाले पानीको बाडफाड गरि सिचाई गराउने उद्देश्यले लक्ष्मणघाट बाध देखि दक्षिण रंगपुर सम्म फैलिएका त्यस्ता भवनहरु भग्नावशेषमा परिणत भइरहदा सिचाई कार्यालय र उपभोक्ता समिति भने मुखदर्शक मात्र बनेको छ ।