१९ कार्तिक २०८३, बिहिबार

संविधान छिटो कार्यान्वयन गर्नुपर्छ – उपाध्यक्ष रावल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhim-rawal1.JPG

धनगढी, ३० भदौ । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले नेपालको संविधान छिटो कार्यान्वयन गरेर जनतालाई अधिकार सम्पन्न बनाउनुपर्ने बताउनुभएको छ ।

प्रेस चौतारी नेपालद्वारा आज कैलालीको बौनिया आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष रावलले जनताका हक अधिकारका सवालमा नेपालको संविधान उत्कृष्ट रहेको बताउनुभयो ।

उपाध्यक्ष रावलले वर्तमान सरकारले जनचाहनाअनुसारको काम गरेमा एमालेले त्यसको प्रशंसा गर्ने बताउँदै आजबाट भएको भारत भ्रमणका क्रममा प्रधानमन्त्रीबाट नेपाल र नेपालीको हितमा काम हुने विश्वास व्यक्त गर्नुभयो । रासस