ललितपुर, ३० भदौ । राजधानीको ललितपुरमा विहीबार विभिन्न पार्टीका नेता–कार्यकर्ता नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् ।
एमाले जिल्ला कमिटी ललितपुरद्धारा आयोजित पार्टी प्रवेश तथा समसामयिक अन्तरक्रिया कार्यक्रममा एमाले केन्द्रीय अध्यक्ष एवं लोकप्रिय ठहरिएका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित भएपछि कांग्रेस, माओवादी र राप्रपाबाट एमाले प्रवेश गर्नेहरुको लाइन लागेको थियो । नवप्रवेशीलाई अध्यक्ष ओलीले खादा र टिका लगाएर स्वागत गरेका थिए ।
एमाले ललितपुर जिल्ला कमिटीको प्रचार विभाग प्रमुख अमृतनाथ तिमल्सिनाका अनुसार नेपाली काँग्रेसको क्षेत्रीय प्रतिनिधि चन्दनपुरका उत्तमकुमार घिमिरे, नेकपा माओवादी केन्द्रका चन्दनपुर गाउँ कमिटिका पूर्व इन्चार्ज बेदनाथ घिमिरे, राप्रपाका कालेश्वर गाउँ कमिटि अध्यक्ष सुवास तिमल्सिना र सचिव विदुर लामिछाने, नेपाली सेनाका पूर्व कर्णेल केदारनाथदुलाल सहितविभिन्न पार्टी परित्याग गरी ५० जनाभन्दा बढीले एमाले प्रवेश गरेका छन् । पत्रकारिता, कलाकारिता लगायतका स्वतन्त्र पेशाकर्मी समेत एमाले प्रवेश गरेको उनले बताए ।
















प्रतिक्रिया