काठमाडौं, २८ भदौ । भारतको नयाँदिल्लीबाट काठमाडौं आइरहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टायर पड्केको नेपाल एयरलाइन्सको विमान ए ३२० को मर्मत कार्य सम्पन्न भएको छ ।
दिउसो १२ बजेर ४५ मिनेट जाँदा अवतरण गर्ने बेलामा विमानको टायर पड्केको थियो । नेपाल एयरलाइन्सका इनिजनियरहरुले दिउँसो नै विमानको टायर फेरिसकेका थिए ।
टायर फेरिएपछि विमान पहिलेकै आवस्थामा उड्नलायक भएको र राति ११ः३० बजे दुबई उड्ने नेपाल वायु सेवा निगमका प्रवक्ता रामहरि शर्माले जानकारी दिए ।












प्रतिक्रिया