२८ कार्तिक २०८३, शनिबार

सिटौलाले एकाएक किन बोलाए छुट्टै भेला ? गगनदेखि प्रदीपसम्मका नेता जाने

12.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

krishna-sitaula-gagan-thapaकाठमाडौं, २८ भदौ । नेपाली कांग्रेसभित्रको गुटको राजनीतिले बढावा पाएको भन्दै कार्यकर्ताबाट आलोचना भइरहँदा केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले राजधानमाी अलग भेला बोलाएका छन् ।

काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा नेता सिटौलाले आफू निकटका नेता तथा कार्यकर्ताहरूको अलग भेला बोलाएको स्रोतले जनाएको छ ।

भेलामा सिटौलाका साथै स्वास्थ्यमन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्य उमाकान्त चौधरी र प्रदीप पौडेलले विशेष सम्बोधन गर्ने छन् ।

शेरबहादुर देउवालाई सभापतिमा समर्थन गरेका सिटौला समूहले त्यसको बदलामा केन्द्रीय सदस्य र मन्त्री पद पाएको छ । गुण तिर्न देउवाले सिटौलालाई बलियो गुटका रुपमा लिने पनि गरेका छन् ।

दिउँसो दुई बजेका लागि बोलाइएको भेलामा सिटौला समूहले नेपाल महिला संघ र नेपाल तरुण दलमा आफ्नो तर्फबाट उम्मेदवारी दिने विषयमा पनि विशेष घोषणा गर्न सक्ने बुझिएको छ ।

सिटौला समूहले कांग्रेस महाधिवेशनमा आफ्नो अलग समूह बनाइ उम्मेदवारी दिएको थियो । सोही गुटको उम्मेदवारीलाई नेविसंघमा पनि कायम राखेको थियो । अब नेपाल महिला संघ र नेपाल तरुण दलमा पनि गुटको अस्तित्व कायम राख्न खोजेको स्रोतको भनाइ छ ।