काठमाडौं, २७ भदौ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले काठमाडौं–तराई द्रुतमार्ग ‘फास्ट ट्रयाक’ नेपाल आफैंले बनाउनुपर्छ भन्दै अभियान चलाउने भौतिक योजना तथा यातायात मन्त्रालयका सचिव अर्जुन कार्कीलाई नेपाल ट्रष्टको कार्यालयमा सरुवा गरेको छ ।
भदौ २२ को संसदीय विकास समितिमा ४८ महिनामा फाष्ट ट्रयाकमा गाडी गुडाउन नसके पेन्सन नखाने घोषणा गरेका सचिव कार्कीलाई तेस्रो दिन नवित्दै सरकारले ‘कारवाही’ स्वरुप पूर्वराजा र दरबारको रेखदेख गर्ने काम पाएको ट्रष्टमा पठाएको हो ।
सरकारका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिदेखि कांग्रेस सभापति शेरबहादुर देउवासम्मले फास्ट ट्रयाक भारतलाई दिने मनसाय प्रकट गर्दै आइरहेका बेला आफै बनाउने अभियानमा लागेका सचिव कार्कीलाई सरुवा गरिनुले यो परियोजना भारतलाई दिने सम्भावना अझै बढेको छ ।
कार्की सचिव रहेको मन्त्रालय पनी कांग्रेसले सम्हालिरहेको छ । जसका कारण पनि यो परियोजना तत्कालै नेपालले आफै बनाउने वातावरण देखिदैन् । उल्टै फाष्ट ट्रयाक नेपालले नै बनाउनुपर्छ भनेर अभियान चलाउँदा उनी वर्तमान सरकारको निशानमा परे ।
फास्ट ट्रयाक आफै बनाउन के के पहल गरे सचिव कार्कीले ?
राजधानीलाई मात्र ५९ मिनेटमा ७६ किमिको अत्यन्त छोटो दूरीमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढसँग जोड्ने फास्ट ट्रयाक नेपाल आफैंले बनाउनुपर्ने लबिङ गर्ने सचिव कार्की इच्छाशक्तिका बनाउने हो भने यो परियोजना ४८ महिनाभित्र निर्माण भइसक्ने बताउँछन् ।
संसदीय समितिमा बोल्दै उनले भनेका थिए– ‘म लेखेर सम्झौतागर्न तयार छु कि मैले भनेको मोडलमा यदि गर्न जिम्मा दिने हो भने सचिव छोडेर खटाउनुस् । ४८ महिनामा गाडी कुदाएर निजगढ पुराइन भने मैले मेरो सचिवको पेन्सन पनि खान्न ।’
कार्कीले सरकार सम्हाल्न आएका राजनीतिक नेतृत्वले नचाहेकै कारण फाष्ट ट्रयाकमा ढिलाई भएको बताएका थिए । ‘बनाउने प्रकृया के हो सबैलाई थाहा छ, बनाउन जरुरी छ भन्ने पनि थाहा छ’ उनले भनेका थिए, ‘तर अहिलेसम्म नबनेको भनेको बनाउन नचाहेर हो ।’
सचिव कार्कीले अघिल्लो र यो सरकारको पालामा पनि फास्ट ट्रयाक नेपालले आफैं बनाउन का लागि अभियान नै चलाएका थिए । उनले अघिल्लो सरकारकै पालामा फास्ट ट्रयाक नेपाल सरकारले बनाउन १७ पृष्ठ लामो कार्ययोजना समेत तयार गरेका थिए । स्रोतका अनुसार सचिव कार्कीले रमेश लेखक भौतिक योजना तथा यातायात बनेको भोलीपल्ट नै यो कार्ययोजनाको फाइल लगेर बुझाएका थिए । तर, उनको लगत्तै सरुवा भयो । फाइलमा फास्ट ट्रयाक नेपाल आफैंले कसरी बनाउन सक्छ भन्ने विस्तृत योजना समेटिएको थियो ।
के के पहल गरे सचिव कार्कीले भिडियोमा हेर्नुस्ः
















प्रतिक्रिया