२८ कार्तिक २०८३, शनिबार

कसैले एमाले फुट्दैछ भन्नु त्यो दिउँसै सपना देख्नु हो, पार्टी अझ बलियो हुँदैछः नेता नेपाल

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madav-nepal

– नवराज श्रेष्ठ

रामेछाप, २७ भदौ । नेकपा एमालेका नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालको राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको परीक्षा भारत भ्रमणको बेला हुने बताएका छन् ।

कार्यक्रममा बोल्दै नेता नेपालले कसैले एमाले फुट्दै छ भन्छ भने त्यो दिउँसै सपना देखे सहर हुने पनि बताए । उनले एमाले अझ बलियो र सशक्त पार्टीको रुपमा स्थापित हँदै गएको बताए ।

नेकपा एमाले रामेछापले सोमबार सदरमुकाम मन्थलीमा आयोजना गरेको वृहत जनसभालाई सम्वोधन गर्दै नेपालले प्रचण्डले भारत भ्रमणको बेला भारत सामु लम्पसार पर्ने वा नेपालको झण्डा उँचो बनाउने हो त्यो सबैले हेरिरहेको उनले बताए ।

नेता नेपालले संघिय नेपालको लागि ल्याईएको ५ सय ६५ गाउँपालिकाको प्रस्ताव पनि आफूलाई स्विकार्य नभएको बताए । गाउँ पालिकाको संख्या घटनाउँदा नगरिकलाई राज्यको सेवाबाट टाढा पार्ने काम मात्र हुने उनले बताए । उनले गाउँपालीकाको संख्या एक हजारदेखि १ हजार ५ सयसम्म पुर्याउनु पर्ने बताए ।

कार्यक्रममा बोल्दै नेता नेपालले कसैले एमाले फुट्दै छ भन्छ भने त्यो दिउँसै सपना देखे सहर हुने पनि बताए । उनले एमाले अझ बलियो र सशक्त पार्टीको रुपमा स्थापित हँदै गएको बताए ।

नेपालले भारतलाई नेपालको स्वाभिमान, सार्वभौम स्वतन्त्रता र अखण्डताको सम्मान गर्न पनि आग्रह गरे । भारतले जस्तो व्यवहार गर्दछ उस माथि नेपालले पनि त्यस्तै व्यवहार गर्ने उनले बताए ।

नेकपा एमाले रामेछापले अयोजना गरेको सो कार्यक्रम पार्टीका जिल्ला अध्यक्ष शान्ति पौडेलको अध्यक्षतामा भएको थियो । कार्यक्रममा एमाले नेताहरु देवशंकर पौडेल, माधव ढुंगेल, कैलाश ढुंगल लगायतले बोलेको थिए ।