२८ कार्तिक २०८३, शनिबार

राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण रद्द भएको छैनः चिनियाँ विदेश मन्त्रालय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

xi-jinping-57d6093e10a068-82281392

काठमाडौं, २७ भदौ । उत्तरी छिमेकी चीनले राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण रद्द भएको नभएको बताएको छ ।

सोमबार चिनियाँ विदेश मन्त्रालयले भ्रमण तय नै नभएकाले रद्द भएको भन्न नमिल्ने बताएको छ । मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता हुवा चुनयिङले राष्ट्रपति सीको भ्रमणबारे चीनले नेपालसँग सम्वाद गरिरहेको जानकारी दिएकी छन् ।

भ्रमणबारे धेरै कुरा प्रष्ट हुन बाँकी नै भएको भन्दै भ्रमण रद्द भएको भन्न नमिल्ने भन्दै उनले भनेकी छन, ‘उच्चस्तरको भ्रमण आदान प्रदानबारे दुई पक्ष निरन्तर सम्वादमा छन् ।’ चीनले राष्ट्रपति सीको नेपाल भ्रमणबारे उचित समयमा जानकारी दिने बताएको छ ।

भारतमा हुने ब्रिक्स सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपति सी असोज अन्तिम साता नेपाल आउने चर्चा भइरहेका बेला पछिल्लो पटक भ्रमण रद्द भएको खबर आएको थियो ।