काठमाडौं, २७ भदौ । सर्लाही जिल्लाको हरिवन– ११ कडरिया चौकमा बसको ठक्करबाट मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको छ ।
आइतबार राति ९ बजे मे १ ख २२०८ नम्बरको बसको ठक्करबाट ना २९ प ३५३ नम्बरको मोटरसाइकलमा सवार ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा एक जना पैदलयात्री घाइते भएका छन् ।
मृत्यु हुनेमा हरिवन– ११ का १९ वर्षीय अमिरजंग थापा, १९ वर्षीय विकास वि.क. र हरिवन–१ का १७ वर्षीय विशाल श्रेष्ठ रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका थापा र श्रेष्ठको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।
बसको ठक्करबाट घाइते भएका पैदलयात्री सोही ठाउँका २८ वर्षीय पवन खोजु श्रेष्ठ भने सामान्य उपचार पश्चात घर फर्किसकेका छन् ।
ठक्कर दिने बस सहित चालकलाई इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीले नियन्त्रणमा लिइसकेको छ ।











प्रतिक्रिया