२८ कार्तिक २०८३, शनिबार

नेपाली विमान भारतमा आकस्मिक अवतरण, सबै सकुशल

9.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

new-airbus-arrives-in-kathmandu-600x0काठमाडौं, २७ भदौ । खचाखच यात्रु बोकेर काठमाडौंका लागि उडेको नेपाल वायु सेवा निगमको विमान इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अबतरण गरेको छ ।

त्रिभुवन विमानस्थल उच्च स्रोतका अनुसार आइतबार राति आठ बजे १ सय ६० यात्रु लिएर काठमाडौंका लागि उडेको बिमान आधा घण्टाभित्रै आकस्मिक अवतरण भएको हो ।

विमानको पखेटा नखुलेको बताइएको छ । सोही कारण आकस्मिक अवतरण गर्ने क्रममा विमानको टायर समेत पड्किएको स्रोतको दाबी छ ।

विमानमा समस्या देखिएपछि आधा घण्टाभित्रै इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको थियो । विमानमा रहेका सबै यात्रु र चालक दल सकुशल छन् ।