२८ कार्तिक २०८३, शनिबार

कांग्रेस तर्फका मन्त्रीलाई देउवाले दिए निर्देशन- जनताको पक्षमा काम गर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sher-Bahadur-Deuba-assumes-Nepali-Congress-presidency

काठमाडौँ, २६ भदौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई संयुक्त सरकारको भावनाअनुसार जनताको पक्षमा काम गर्न निर्देशन दिनुभएको छ ।

सभापति देउवाले आज आफ्नै निवास बूढानीलकण्ठमा मन्त्रीलाई बोलाएर सबैसँग समन्वय गरेर विवादरहीत, जनतालाई प्रत्यक्ष राहत हुनेगरी आआफ्नो मन्त्रालयका काम गर्न निर्देशन दिनुभएको सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले जानकारी दिनुभयो ।

सो अवसरमा काँग्रेसका तर्फबाट सरकारमा सहभागी १५ मन्त्रीमध्ये १२ मन्त्रीको सहभागिता थियो । रासस