काठमाडौं, २५ भदौ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु अध्यक्ष नविना लामाले साइबर क्राइम अन्तर्गत मुद्दा दर्ता गर्ने भएकी छन् ।
सामाजिक सञ्जाल फेसबुकबाट आफूमाथि दुर्व्यवहार भएको भन्दै नविनाले मुद्दा दर्ता गर्ने तयारी थालेकी हुन् ।
गत हप्ता फोटोपत्रकार क्लबले आयोजना गरेको फोटो प्रदर्शनी हेर्न जादाँ उनलाई आयोजकले सम्मान स्वरुप खादा ओढाएको थियो ।
खादा ओढाएको उक्त फोटो उनले फेसबुकमा पोष्ट गरेपछि उनलाई तामाङ र बुद्ध संस्कृतिको विरोधी भएको भन्दै अपशब्द प्रयोग गरि गाली गरेको र गृह जिल्ला प्रवेशमा समेत रोक लगाउने अभियान नै चलाएको छ ।
आफूले खादा ओढ्दैमा आफ्नो संस्कृतिको अपमान गरेको भन्नु गलत र यहि आरोपमा आफूलाई जथाभावी शब्द प्रयोग गर्न आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको भन्दै यसविरुद्ध साइबर क्राइम मुद्दा दर्ता गर्ने उनले बताइन् ।
















प्रतिक्रिया