११ कार्तिक २०८३, बुधबार

डेटिङमा गएकी युवतीसँग यसरी भयो समूहिक बलात्कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Balatkar Rape Mahila aकाठमाडौं, २५ भदौ । आफूलाई प्रहरी बताउने दुई जनाले डेटिङमा गएकी युवतीलाई धम्क्याएर सामूहिक बलात्कार गरेका छन् ।

यौन सम्बन्ध राख्न नदिए थुनिदिने धम्की दिएर रसुवाका लाकु ग्याल्बो घले र रामेछापका अनिल खड्काले युवतीमाथि बलात्कार गरेका हुन् । दुवै जनालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

घटना गत १२ साउनमा बलाजुमाथिको मड्खु भ्यूटावरनजिकै भएको थियो ।

कपन बस्ने एक १८ वर्षीया युवतीलाई उनीहरुले भ्यूटावरनजिकै मकैबारीमा सामूहिक बलात्कार गरेका हुन् ।

घले र खड्कालाई भक्तपुर प्रहरीले नगरकोटबाट पक्राउ गरेको हो ।

त्यसअघि युवती आफ्ना प्रेमीसँग पशुपति मन्दिर घुम्न गएकी थिइन् ।

त्यहाँ प्रेमीसँग फोटो खिच्ने क्रममा घले र खड्काले आफूहरुलाई प्रहरी भएको बताएर सार्वजनिक स्थानमा अमर्यादित गतिविधि गरेको भन्दै नियन्त्रणमा लिए ।

युवकलाई खड्काले तथा युवतीलाई घलेले नियन्त्रणमा लिएका हुन् ।

घलेले युवतीलाई हिँडाउँदै पशुपति मन्दिरबाट चाबहिलसम्म पुगाएपछि बालाजुस्थित प्रहरी कार्यालय लैजाने भन्दै बस चढाएर त्यसतर्फ लगेका थिए ।

भ्यूटावरनजिक पुगाएपछि यौनसम्पर्क गर्न दिए छाडिदिने र नदिए जेलमा थुनिदिने भन्दै धम्क्याएर मकैबारीमा सामूहिक बलात्कार गरेका थिए ।